काठमाण्डौ: टी–ट्वान्टी नेपाल टेष्ट खेलमा नेपाल पराजित भएको छ ।
आयरल्याण्डसँग बुधबार भएको खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको हो । टेष्ट मान्यता पाएका पाँच देशहरुको खेलमा नेपालले १ सय ४६ रनको लक्ष्य पछ्याउदै एक बल बाँकी हुँदा १ सय ३२ रनमा समेटिन पुग्यो ।
योसंगै नेपालले आफ्नो लक्ष्य पुरा गर्न सकेन । सुरुमा ब्याट्सम्यानले राम्रो गरेका थिए भने आरिफ शेखले २६ रन दिपेन्द्र सिंह ऐरीले १९ त्यस्तै पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाएका थिए । आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए ।
नेपाललाई हराए पश्चात् आयरल्याण्ड खेलको शीर्ष स्थानमा रहेको छ । आयरल्याण्डले चार खेलबाट ६ अंक जोडेको छ भने नेपाल २ खेलमा ४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।