काठमाण्डौः काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रि बस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा बिहिबार राति साँढे १२ बजे दुर्घटना हुँदा बसमा सवार ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बसमा सवार ४५/४६ जना यात्रुहरू मध्य ३८ जना घाइतेको भएको हो । घाइते जना२७ को अवस्था मध्यम रहेको छ भने १० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिब्र गतिको बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठोक्किर दुर्घटना भएको प्रहरीले जनाएको छ ।