काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसद्बाट पारित तीन विधेयक प्रमाणीकरण गरेकी छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट विभिन्न मितिमा पारित ति विधेयकहरु संविधानको धारा ११३ को उपधारा (२) अनुसार २४ असोजमा प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयद्धारा जारी गरिएको प्रेश विज्ञप्तीः