काठमाण्डौं: सर्लाहीको रानीगञ्जबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय लालबन्दीबाट गस्तीमा गएको प्रहरी टोलीले ३३० ट्याव्लेट नाईट्राभेट र अन्य लागुऔषध सहित लालबन्दी नगरपालिलका-१६ स्थायी बासिन्दा २२ वर्षीय बुद्धसिंह वाईवा र ईश्वरपुर नगरपालिका-६ का ४० वर्षीय राजाराम मण्डललाई शनिबार पक्राउ गरेको हो ।
बुद्धसिंहको साथबाट ९० ट्याब्लेट नाईट्राभेट, प्रोमेथाईजिन ३ सिसी, न्यूफेन १ सिसी, पासर सिरिन्ज १ थान र राजारामको साथबाट २४० ट्याव्लेट नाईट्राभेट, डाईजेल्याव ५ सिसि, प्रोमेथाईजिन ५ सिसी, न्यूफेन ३ सिसी बरामद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले बताएका छन् ।
पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय लालबन्दीमा अनुसन्धानका लागी लगिएको प्रहरीले जनाएको छ ।