काठमाण्डौं: राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद शाह त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसरको टोलीले सांसद शाहलाई त्रिभुवन अन्तराष्ष्ट्रिय विमास्थलबाटै मंगलबार अपरान्ह पक्राउ गरेको हो ।
सांसद साह आन्तरिक उडानतर्फ नेपाल एयरलाईन्सको उडानबाट काठमाडौं- फाप्लु जानको लागि भिआईपी कक्षमा बसिरहेको अबस्थामा नेपाल प्रहरिको टोलीले उनलाइ पक्राउ गरेको हो ।
शाहलाई मंगलबार नै जनकपुर लैजाने प्रहरीले तयारी गरेको बताइएको छ ।
सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थल कार्यालयमा जहाज ढिलो भएको भन्दै बुद्ध एयरलाइन्सको काउन्टर तोडफोड गरेका थिए ।
साहले सोमवार जनकपुर विमानस्थलमा तोडफोड गरेको उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउको लागि अनुमति मागेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई पक्राउ गर्न पत्राचार गरेको र सोही अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।