काठमाण्डौः बुद्ध एयरको जनकपुर काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई यथाशिघ्र रिहाई गर्न राष्ट्रिय जनता पार्टी (राजपा)ले माग गरेको छ ।
धनुषाको जनकपुर विमानस्थल स्थित बुद्ध एयरको काउन्टरमा सोमबार तोडफोड गरेको आरोपमा प्रहरीले सांसद शाहलाइ मंगलबार काठमाण्डौबाट पक्राउ गरेपछी अविलम्ब रिहाई गर्न राष्ट्रिय जनता पार्टी (राजपा) ले माग गरेको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मंगलवार एक विज्ञप्ति जारी गरी साहलाई अविलम्ब रिहाई नगरिए उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने चेतावनी दिएका छन् ।
अध्यक्ष ठाकुरले विज्ञप्ती मार्फत भनेका छन्, एयरलाइन्सको सेवा प्रभावकारी भरपर्दो र नियमति बनाइ जनताको चासो सम्बोधन गर्न हामी सरकारसँग जोडदार माग गर्दछाैं ।
राष्ट्रिय जनता पार्टी (राजपा)द्धारा मंगलबार जारी गरिएको प्रेश विज्ञप्तीः