काठमाण्डौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं दोलखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाण्डौले गत भदौ १६ गते जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्र पठाउँदै सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
सोही आदेश कार्यन्वयन गर्न सांसद गुरुङ विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
२०७४ सालमा भएको स्थानीय चुनावपछि वीरध्वज खड्कामाथि काठमाण्डौको गौशालामा आक्रमण भएको बिषयमा खड्काले आफूमाथि सांसद गुरुङ सहितको संलग्नतामा आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा ज्यान मार्ने उद्योगका किटानी दर्ता गराएका थिए ।
वीरध्वज खड्काले गत वैशाख २९ गते जिल्ला अदालत काठमाण्डौमा सांसद गुरुङ विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए ।