काठमाण्डौं: भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाईन सञ्चालनमा आएपछी एक महिनामै साँढे चार करोड लिटर डिजेल आयात भएको निगमले जनाएको छ ।
मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाईन सञ्चालनमा आएसँगै भारतबाट ट्याङ्करमा ल्याउने गरिएको डिजेल बन्द भएको छ ।
पाईपबाटै डिजेल आउन थालेपछि भारतीय आयल निगमका विभिन्न डिपो तथा रिफाईनरी बरौनी, बैतालपुर, मुगलसराई, गोडा लगायतका ठाउँबाट आयात गर्ने डिजेल बन्द गरिएको नेपाल आयल निमगले जनाएको छ ।
गत भदौ २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले पाइपलाइनको संयुक्त उद्घाटन गरेका थिए । उद्धघाटनपछि हालसम्म चार करोड ६० लाख लिटरभन्दा बढी विना चुहावट डिजेट आयात भएको निगमले जनाएको छ । उक्त पाईपलाईनबाट भण्डारण समस्याले गर्दा अहिले निगमले डिजेल मात्र आयात गरिरहेको छ ।