काठमाण्डौ : देशकै पहिलो सुरुङ्ग मार्गको नागढुंगा सडक प्रधानमन्त्रीबाट सोमबार शिलान्यास हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो सुरुङ्ग मार्गको सडक शिलन्यास गर्ने कार्याक्रम सोमबार तय भएको सडक विभाग महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिएका हुन ।
नागढुंगाको चुच्चे पाखामा प्रधानमन्त्री ओलीले मध्याह्न ३ बजे सुरुङ्ग मार्गको शिलन्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सडक बिभाग विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच सुरुङ्ग मार्ग निर्माणको सम्झौता गत असोज ६ गते नै भएको थियो। साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले सम्झौता भएको ४२ महिनामा सो कार्य निर्माण सम्पन्न गनुपर्नेछ।
सुरुङ्ग मार्ग त्रिभुवन राजपथबाट काठमाडौं देखि थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङको धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक निर्माण हुनेछ।
सुरुङमार्ग निर्माण सम्पन्न भएपछि थानकोटबाट करिब १० मिनेटमै नौविसे पुग्न सकिनेछ।