काठमाडौ : नेपाल चिकित्सक संघ चितवनले सबै अस्पताल ठप्प पार्ने २४ घण्टे अल्टिमेटम दिएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई लिएर संघले उक्त चेतावनी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनलाई ६ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै चिकित्सक संघले २४ घण्टा भित्र माग पुरा नभए चितवनका सम्पूर्ण अस्पताल र क्लिनिकहरुको आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको हो ।
संघका अध्यक्ष डा.प्रकाश खतिवडाले अशान्ति र असुरक्षाको बीचमा उपचारको काम गर्न नसक्ने भन्दै तत्काल माग पुरा गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत समक्ष माग गरेका हुन् ।