काठमाण्डौः प्रतिबन्धित नेकपा विप्लव समुहका केन्द्रिय नेता गुणराज लोहनी पक्राउ परेका छन् ।
नेकपा विप्लव पार्टीले सोमबार पदमुक्त गरेको भोलिपल्टै नेता लोहनी चितवनबाट पक्राउ परेका हुन् । प्रहरीको बिशेष टोलीले मंगलबार बिहान ९ बजे लोहनीलाइ चितवनको भरतपुर महानगरपालिका- १२ बसेनी स्थानबाट नियन्त्रणमा लिएको हो ।
प्रहरी नियन्त्रणमा रहेका लोहनीलाइ जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान शुरू गरिएको प्रहरीले बताएको छ । विप्लव समूहले सोमबार विज्ञप्ति जारी गरी लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीको जिम्मेवारीबाट पदमुक्त गरिएको जनाएको थियो ।