काठमाण्डौः यामाहाले आफ्नो पछिल्लो उत्पादन एक्सएसआर १५५ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ ।
यामाहा इन्डियाले हालै सार्वजनिक गरेको विज्ञप्ती निकालेर डिसेम्बर १९ मा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने जनाएको छ । केहि समय अगाडी थाइल्याण्डमा सार्वजनिक भएको यो मोटरसाइकल अब भारतीय बजारमा सार्वजनिक हुने भएको हो ।
विभिन्न मिडिया रिपोर्टका अनुसार कम्पनीले चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि उक्त मोटरसाइकलको बिक्री वितरण गर्नेछ । हाम्रो जस्तो दक्षिण एसियाली बजारमा यामाहाले यो मोटरसाइकललाई प्राथमिकता दिएर बेच्न सक्ने अनुमान गरिएको छ ।
नयाँ एक्सएसआर १५५ मोटरसाइकल यामाहाको वाइजेडएफ–आर १५ भी३ प्लेटफर्ममा आधारित रहेको छ । कम्पनीले यही वेसमा पहिल्यै एमटी–१५ स्ट्रीट फाइटरको सार्वजनिक गरिसकेको छ ।
थाइल्याण्को स्पेसिफिकेसन भएको एमटी १५ बाट नयाँ एक्सएसआर १५५ को लागि चेसिस, इन्भर्टेड टेलिस्कोपिक फ्रन्ट फोक, रियर मोनोशक, इन्जिन र केही कम्पोनेन्ट्स लिइएको छ ।
यसमा राउन्ड एलईडी हेडल्याम्प र ड्युअल टोन फ्युल ट्यांकी जडान गरिएको छ । १५५ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन जडान भएको बाइकले १९ बीएच पावर र १४।७ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पिड गियरबक्स दिइएको छ ।
ड्युअल च्यानल एबीएस, अलोय ह्वील्स, डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प्स र स्लिपर क्लचले बाइकलाई प्रिमियम बनाएको छ ।
भारतीय बजारमा यसको मूल्य १ लाख ३० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ । भारतीय बजार सार्वजनिक भएसँगै यो मोटरसाइकल नेपाली बजारमा समेत भित्रने कम्पनीले बताएको छ ।