काठमाण्डौ: म्यानमारको जातीय रखाइन विद्रोही समूहले तीन दर्जन बढी सुरक्षाकर्मीहरूको अपहरण गरेको छ ।
म्यानमारको पश्चिमी क्षेत्रबाट जातीय रखाईन बिद्रोहि समुहले सरकारी सेनाको तीन दर्जन भन्दा बढी सुरक्षाकर्मीलाई शनिबार अपहरण गरेर लगेको हो । सो समूहले रखाईन बुद्धमार्गीहरूको स्वतन्त्रता अझै थप्नको लागि सङ्घर्षमा उत्रिरहेको छ ।
शनिबार पनि जातीय युद्ध लड्दै आएका विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरी लगेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले बताएका छन् । अपहरणमा परेका आफ्ना फौजहरुको खोजीकार्य हेलीकोप्टर तथा स्थल अपरेसनबाट भैरहेको सैनिक स्रोतले बताएको छ ।
म्यानमारमा जातीय अधिकारका लागि आन्दोलनरत विद्रोही र सरकारको बल प्रयासबाट २०१७ मा मात्र करिब सात लाख ४० हजार रोहिङ्ग्याहरू विस्थापित भइसकेका छन् । अन्य क्षेत्रमा पनि विभिन्न समूहले सशस्त्र आन्दोलन गरिरहेका संयुक्त राष्ट्रसंघले जनाएको छ।