काठमाण्डौ: पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ गत सातादेखी उपचारको क्रममा अस्पतालमा रहेका छन् ।
जेल जीवन विताइरहेका पूर्वप्रधानमन्त्री शरीफको लाहौर सर्विसेज अस्पतालमा उपचार भैरहँदापनि स्वास्थ्यमा सुधार नआएकोले चिकित्सकहरूले उनलाई निगरानीमा राख्नुपर्ने सुझाव दिएका छ्न् ।
राष्ट्रिय जवाफदेही ब्युरो (एनएबी) को हिरासत केन्द्रबाट गत सोमबार उनलाई अस्पताल भर्ना गर्न लगिएको थियो । सरिफ सन् २०१८ नोभेम्बर २४ देखि भ्रष्टाचार आरोपमा जेल परेका हुन् । सरिफका चिकित्सक डाक्टर अदनान खानले सरिफको अवस्था गम्भीर भएको भन्दै तत्काल उपचार गर्नुपर्ने बताएका छन् ।
शरीफ हृदयघात पश्चात् एक हप्तादेखि अस्पतालमा उपचाररत रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । ६९ वार्षिय शरिफको रोगबारे पुर्णरुपमा चेकजाँच गरि उनको अंग रोगबाट बढी प्रभावित छ पत्ता लगाउने कार्य भैरहेको अस्पताल स्रोतले बताएको छ ।
नवाज सरीफका भाई तथा पाकिस्तान मुस्लिम लिग (पीएमएल)का अध्यक्ष शाहबाज खानले सरिफलाई केही भए यसको जिम्मेबार प्रधानमन्त्री इमरान खान हुने बताएका छन् । यसअघि विरामी हुँदा पनि अस्पताल नलगेका कारण उनी गम्भीर विरामी भएको खानको आरोप छ ।
नवाज सरिफ पाकिस्तानको ३ पटक प्रधानमन्त्री भएका थिए । उनीमाथि चौधरी शकर मिलमा भ्रष्टाचारको आरोपमा ७ वर्षको जेल सजाय सुनाइएको छ ।