काठमाण्डौं: लोकसेवा आयोगले केन्द्र सरकार मातहतको राजपत्र अंकित प्रथम श्रेणी (नासु) पदमा १२ सय बढी कर्माचारी आव्हान गरेको छ ।
आयोगले बुधबार एक सूचना प्रकाशित जारी गर्दै राजपत्र कित प्रथम श्रेणी अप्राविधिकतर्फ खुल्ला र समावेशी, ज्येष्ठता, कार्यसम्पादन र कार्य सम्पादनको मुल्याँकनद्धारा हुने बढुवाका लागि १२ सय बढीको विज्ञापन गरेको हो ।
आयोगले खुल्ला र समावेशीतर्फ ५ सय ४८ जना माग गरेको छ ।
जसमध्ये आयोगको धनकुटा कार्यालयबाट ७४, जलेश्वर ८९, काठमाडौँ १४९, पोखरा ६३, वुटवल ८६, सुर्खेत ४३ र दिपायल ४४ जनाका लागि विज्ञापन आव्हान गरेको छ ।
त्यस्तै ज्येष्ठता र कार्यसम्पादन मुल्यांकनतर्फ ४ सय ३७ जना त्यस्तै ज्येष्ठता र कार्यसम्पादनतर्फ धनकुटा कार्यालयबाट ५८, जलेश्वर ८९, काठमाडौँ ९६, पोखरा ५३, वुटवल ६१, सुर्खेत ३५ र दिपायलबाट ४५ जना माग गरेको छ ।
लोकसेवा आयोगले जारि गरेको विज्ञापन:
विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस
विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस



