सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आशु कविता लेखन प्रतियोगितामा विजयीलाई पुरस्कारआशु कविता लेखन प्रतियोगितामा विजयीलाई पुरस्कार

२०७८ कार्तिक २०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः आख्यान तथा बाल साहित्यकार रमेश विकलको ९४ औ जन्मजयन्तीको अवसरमा आशु कविता लेखन तथा वाचन प्रतियोगिताबाट छनौट भएकालाई पुरस्कार वितरण गरिएको छ ।

अभिनव साहित्य समाजले असोज ९ गते सम्पन्न गरेको माध्यमिक विद्यालय स्तरीय ‘आशु कविता लेखन प्रतियोगिता’का विजयीलाई पुरस्कार वितरण गरिएको हो । पुरस्कार प्राप्त गर्नेमा एम्विशन एकेडेमी काठमाडौँका प्रविज्ञा नेपाल, शिक्षा शिशु सदन धनगढीका विभूति अधिकारी, जी.एस. निकेतन हेटौंडाका समर्पण न्यौपाने क्रमश प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो । सान्त्वना पुरस्कार पाउनेमा इष्ट पोल मा.वि.का दिलाशा तिवारी र सुसंस्कार मा.वि. काठमाडौंका वन्दना जयसवाल रहनुभएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरूपमा विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकास आयोजनाका साथै नगरपालिकाले भाषा साहित्यको विकासमासमेत उल्लेख्य योगदान गरेको बताउनुभयो । आगामी दिनमा पनि साहित्यिक क्षेत्रलाई प्रोत्साहन गरिने उहाँको प्रतिबद्धता छ ।

सो अवसरमा नेपाल ललित कला प्रतिष्ठानका कुलपति के क.े कर्माचार्य र गोविन्दप्रसाद घिमिरे वेदमणि, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रतिष्ठानका महासचिव विजय चालिसे, अभिनवका सचिव परशुराम पराजुली, प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेललगायतले रमेश विकलको कृतित्व र व्यक्तित्व बारे बोल्नुभएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन