काठमाण्डौः नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशील पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत ‘घरमा आइसियोस न’ गीतको भिडियोमा नायक भुवन केसी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ ।
प्रेमिल शैलीको उक्त गीतको भिडियोमा नायक केसी मैसाव सृष्टिलाई भेट्न घोडचडीदेखि, दरबारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ ।
