सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पोखरामा नाटक लेखन कार्यशाला आयोजना हुँदै

२०७८ मंग्सिर २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी पुसमा नाटक लेखन कार्याशाला सहितका विभिन्न छ कार्यक्रम आयोजना गर्ने भएको छ ।साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले पुसमा नाटक लेखन कार्यशाला सहित नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातिको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठीका साथै मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम दोस्रो श्रृङ्खला आयोजना गर्ने प्रतिष्ठानका ंसदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नाटक लेखन कार्यशाला पुस १ गतेदेखि ११ गतेसम्म बिहान १०.०० बजेदेखि साँझ ५.०० बजेसम्म गरिनेछ । एघार दिनसम्म पूरा समय दिन सक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउने जानकारी दिदै उहाँले सहभगिताका लागि नाटकको नमुना पठाउनुपर्ने बताउनुभयो । इच्छुकले एक हजार शब्दमा नबढाई नमुना नाटक लेखेर मङ्सिर २३ गते बेलुका ५.०० बजेसम्म पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । आवेदनमा परेका नाटकमध्येबाट बढीमा आठ आवेदकलाई उत्कृष्टताका आधारमा छनोट गरी कार्यशालामा सहभागी गराउने तयारी गरिएको कार्यक्रमका संयोजक प्राज्ञ सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

पोखरा प्रज्ञा प्रतिष्ठान कार्यशालाको अर्को आयोजक हो भने पोखरा थिएटरको सहकार्य छ । पोखरा थिएटरको गन्धर्व नाटक घरमा आयोजना हुने कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नुहुनेछ । यस अगाडि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ ।

प्रतिष्ठानको आयोजनामा पुस ४ गतेबाट ८ गतेसम्म स्याङजा जिल्लाको वालिङमा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गरिने प्रतिष्ठानले जनाएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्रसँगको सहकार्यमा हुन लागेको कार्यशालामा २५ जनालाई सहभागी गराइने कार्यक्रम संयोजक प्राज्ञ गमबहादुर गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै स्थापित जाति विस्तापित भाषाको दुई महिने कार्यशाला पुस १० गतेदेखि गरिने र यो प्रदेशका माग भएका जिल्लामा गरिने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो । गण्डकी प्रदेश अन्र्तगतका ८४ जाति मध्ये क्रमांङ्क १ देखि २० सम्मका २० जातिको अध्ययन गरिने र प्रत्येकको तीन संस्कृति तथा पाँचबाजाको अध्ययन गरेर ती जाति संस्कृति र बाजाको बारेमा पुस्तक तयार पार्ने प्रतिष्ठानको योजना छ ।
अध्ययनलाई आधार बनाएर विद्यालय अन्र्तगतको पाठ्यक्रम तयार गर्ने र आउने नयाँ शैक्षिक सत्रबाट ऐच्छिक विषयको रुपमा विद्यालयमा लैजाने प्रतिष्ठानको तयारी रहेको श्रेष्ठले जानकारी दिनुभयो । प्रतिष्ठानले पुस महिनामा नै पञ्चेबाजा प्रशिक्षण कार्यक्रम गर्ने तयारी गर्नुका साथै पुस महिनाको दोस्रो हप्ता म्याग्दिमा कवि गोष्ठीको आयोजना गर्न लागेको छ ।

प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यसको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिष्ठान सधैं क्रियाशील बन्ने कुलपति सूर्य खड्का विखर्चीले जानकारी दिनुभयो । प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन अनुसन्धान र सम्वद्र्धनका लागि निरन्तर कार्य गर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन