काठमाण्डौंः दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।
फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिकमा रहेका छन् भने अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय देख्न सकिन्छ।
डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको उक्त फिल्म ४०० करोड भारुमा निर्माण गरिएको बताइएको छ। फिल्मको रिलिज डेट भने ७ जनवरी २०२२ लाई तोकिएको छ।
