सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अध्यादेश मार्फत् ल्याइएका दुई कानुन प्रदेश सभा सचिवालय पठाइयो

२०७८ मंग्सिर २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रदेश-२ सरकारले अध्यादेशमार्फत् ल्याएको दुईवटा विद्येयक प्रदेश सभा सचिवालयमा पठाएको छ । कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय सम्बन्धी विद्येयक प्रदेश सभा सचिवालयमा सोमबार पठाएको छ ।

लामो समयदेखि प्रदेश सभा नचलेको अवस्थामा प्रदेश सरकारले अध्यादेश मार्फत् सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र विरगञ्जमा प्राविधिक विश्वविद्यालय सञ्चालन सम्बन्धी अध्यादेश ल्याएको थियो । प्रदेश सभाको बैठक २९ गतेलाई आह्वान भएसँगै प्रदेश सरकारले उक्त अध्यादेशलाई प्रदेश सभा सचिवालयमा पठाएको हो ।

अध्यादेश जारी भएपछि प्रदेश सभाको पहिलो बैठकमै उक्त अध्यादेश टेबुल गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अध्यादेश मार्फत् ल्याइएको कानुन प्रदेश सभाबाट पारित भएमा ६ महिनासम्म मात्रै उक्त कानुन कार्यान्वय रहने छ । सरकारलाई उक्त कानुनलाई दीर्घकालिन रुपमा लागू गराउन प्रतिस्थान विद्येयक प्रदेश सभाबाट पारित गराउनुपर्ने प्रवधान रहेको छ ।

त्यसैगरि, प्रदेश सरकारले अध्यादेशबाट ल्याएको उक्त विद्येयक सभाबाट पारित नभएको खण्डमा ७ दिन भित्रै उक्त कानुन स्वत: खारेज हुने कानुनी प्रवधान रहेको प्रदेश सभा सचिवालय सचिव रंजित यादवले बताए । प्रदेश सरकारले कृषि विश्वविद्यालयको लागि उपकुलपति समेत नियुक्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल