सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस

२०७८ पुष ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको ‘कविघर’मा लोकसंस्कृति र लोक जीवन विषयक विचार गोष्ठी हुने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यही पुस ९ र १० गते पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित थापाको घरमा गण्डकी प्रदेशको लोक, संस्कृति र जीवनका बारेमा विभिन्न स्रष्टाबीच विचार गोष्ठी गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष एवं जनकविका ज्येष्ठ सुपुत्र मदनराज थापाले जानकारी दिनुभयो । लोक गीत, भजन, सङ्गीत र साहित्यिक वातावरणबीच लोक, संस्कृति र साहित्यका विविध विषयमा कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ कार्यक्रमको प्रमुख वक्ता रहनुहुनेछ । उहाँले अहिलेको समाजमा संस्कृतिका माध्यमबाट समाजमा के कस्तो रुपान्तरण गर्न सकिन्छ भनेर विचार राख्नुहुनेछ । प्रा डा गुरुङले कुलमण्डन शाहदेखि, पोखरा, लामाचौर, बाटुलेचौर तथा गण्डकी प्रदेशको इतिहास खोतल्नु हुनेछ । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ डा देवी नेपाल, वरिष्ठ गायिका ज्ञानु राणाको सो कार्यक्रममा सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष थापाले जानकारी दिनुभयो । पुस ९ गते साँझ स्रष्टाले कविता, गजल, हाइकु र मुक्तक वाचन गर्नेछन् ।

पुस १० गते गन्धर्वको माङ्गलिक धुनबाट सुरु हुने कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा, संस्कृतिकर्मी तथा साहित्यकार गरी झण्डै २०० जना सहभागी हुने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “लोक, संस्कृतिमा ह्रास हुँदै गएको छ । संस्कृतिका माध्यमबाट समाज रुपान्तरणमा योगदान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेका हौँ ।”

साहित्यकार जगन्नाथ रेग्मीले साहित्यको तीर्थस्थलका रुपमा रहेको कविघरमा अन्तक्र्रिया र इतिहास खोतल्ने प्रयास गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “धर्मराज थापाले लोक साहित्य र सांस्कृतिक सहिष्णुताका पक्षमा गरेको काम देशव्यापीरुपमा लैजानु आवश्यक छ, गण्डकी प्रदेशको लोकसंस्कृतिका विविध पक्षका बारेमा समेत बहस हुनेछ ।”

जनकविकेशरी थापाले ‘हरियो डाँडामाथि हलो जोत्ने साथी, हह माले हह’, ‘आज मादल बजेको किन, गाउँबेंसी दुनियाँ ब्युँझाउन’, ‘धुरुधुरु नरोउ आमा, तिम्रो आँसु पुछेरै छाडौँला’, ‘घर सम्झि रोएको होला डाँडा काटी गएको नेपाली,’, ‘हाम्रो तेञ्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरो’ लगायतका थुप्रै गाउँबेंसीका धुन र भाकालाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउनुभएको थियो । उहाँको २०७१ असोज १८ गते निधन भएको थियो ।

नेपाली लोक सङ्गीत तथा साहित्यमा निरन्तर क्रियाशील रहेबापत २०१३ सालमा तत्कालिन राजा महेन्द्र शाहले थापालाई जनकविकेशरीको उपाधि दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन