काठमाण्डौः चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माण गरेको छ ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङद्वारा रचना गगरिएको गीत ‘इच्छाकामना’ लाई म्युजिक भिडियो बनाइएको हो । गाउँपालिकाले विशेष गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको उहाँले बताउनुभयो ।
भिडियोमा गाउँपालिकाको कृषि, पर्यटन, भौगोलिक बनावटबारे उल्लेख गरिएको छ । गीतमार्फत इच्छाकामना घुम्न आउन सबैलाई आग्रह गरिएको छ ।
