सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्थायी शिक्षकका लागि झन्डै २ लाख ३७ हजारको आवेदन

२०७८ माघ २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ। योसँगै आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए ।

उनका अनुसार बिहीबारसम्म २ लाख ३६ हजार ३ सय ४७ जनाले फारम भरका छन् र अझै करिब ७ सयको आवेदन पर्न सक्ने आँकलन गरिएको छ । सूचना अधिकारी मरहठ्ठाका अनुसार हालसम्म माध्यमिक विद्यालय तहमा १ हजार ५ सय ५२ जनाका लागि ३५ हजार ५ सय ४५ र निम्न माध्यमिक विद्यालय तहको १ हजार ६ सय ६ जनाका लागि ८५ हजार ६ सय ३३ जनाले आवेदन फारम भरेका छन् । प्राथमिक विद्यालय तहमा १३ हजार २ सय ९७ जनाको माग भएकोमा हिजो बिहीबारसम्म १ लाख १५ हजार १ सय ६९ जनाले आवेदन दिएका छन् । सबै तथ्यांक संकलन गदा तीन तहका परीक्षामा करिब २ लाख ३७ हजार जनाको आवेदन पर्ने अनुमान गरिएको मरहठ्ठाले बताए । यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ