काठमाण्डौं: गिरिजाप्रसाद (जिपी) कोइराला सामुदायीक क्याम्पस चाबहिलमा प्रजातन्त्रवादी प्राध्यापक संघले तलाबन्दी गरेको छ।
शुक्रबार संघले ६ बुँदे माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको हो। स्थापनाकालदेखि कार्यरत प्राध्यापकलाई नियुक्तिपत्र नदिएको विरोधमा ताला लगाएको संघका अध्यक्ष ऋतु खतिवडाले बतए।
उनीहरुले बिना मापदण्ड क्याम्पस प्रमुखले नयाँ प्राध्यापक र कर्मचारीलाई त्रिवि नियमावली विपरित नियुक्ति दिएको आरोप लगाएका छन् ।
प्राध्यापक संघले माग पूरा नभएसम्म ताला नखुल्ने अडान लिएको छ ।
शुक्रबार संघले निमित्त क्याम्पस प्रमुखको राजीनामासमेत माग गर्दै जारी गरेको विज्ञप्तिमा प्राध्यापकलाई नियुक्ति-पत्र दिनुपर्ने, त्रिवि नियमावली अनुसार पूर्णकालीन प्राध्यापक तथा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षाकोषको व्यवस्था गर्नुपर्ने, त्रिवि नियमावली विपरित गरिएका नियुक्ति खारेज गर्नुपर्नेलगायत माग राखिएको छ।
