काठमाण्डौः बलिउड अभिनेता अभिषेक बच्चन स्टाटर फिल्म ‘दसवीं’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो।
फिल्ममा १० कक्षा पास नभएको एक राजनितिज्ञको कथालाई समेटिएको छ। फिल्ममा उक्त राजनीतिज्ञले कक्षा १० पास गर्नका निम्ति गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।
