सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाँउठिए प्रचण्डः माधव नेपाललाई झस्का

२०७९ बैसाख १२, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेलाई चोइट्याएर अलग पार्टी गठन गर्दादेखि नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आडभरोस भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिँदै आएका थिए ।

तर, अहिले स्थानीय निर्वाचनको मुखैमा आउँदा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग माओवादीका अध्यक्ष दाहाल बाउँठिन थालेको संकेत देखिन थालेको छ । तह र पदको बाँडफाँडका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुका बिचमा विवाद र छलफल निष्कर्षतिर पुगिरहँदा गत साता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हैसियतभन्दा बढी माग गरेको भागवण्डामा समस्या आएको टिप्पणी गरेका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई लक्षित गरेर यस्तो टिप्पणी गरेका माओवादी अध्यक्ष दाहाल प्रतिमा नै नरोकिएर एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई लक्षित गर्दै होलाइनवादी र राजावादीका विचमा गठबन्धनको पड्यन्त्र हुन थालेको अर्को टिप्पणी गरेका थिए ।

स्थानीय निर्वाचन सधारमा नै आइपुग्दा र पाँच दलको गठबन्धन मिलेर चुनावी मैदानमा जाने निश्चित भइरहंदा माओबादी केन्द्रका अध्यक्ष दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई लक्षित गर्दै गरेको यो टिप्पणीलाई अर्थपूर्ण रुपमा लिइएको छ । अध्यक्ष दाहालको आफतिर लक्षित गरेर व्यक्त गरिएको यो टिप्पणीको जबाफमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले महानगरपालिका र उपमहानगरपालिकाको पदाधिकारी बांडफांडमा सम्मानजनक बाटो अपनाइएको भएपनि अन्य तहको बांडफांडका सम्बन्धमा भने नेपाली कांग्रेस र माओबादी केन्द्रका शीर्ष नेताहरुले आफ्नो पार्टीलाई सहभागी नगराएर अपमान गरेको तथा गठबन्धनको भावना विपरीत काम गर्न थालेको आरोप लगाएका छन् ।

स्थानीय तहको पदाधिकारीका बांडफांडतिर सबैको ध्यान केन्द्रित भइराखेको अवस्थामा र गठबन्धनका शीर्ष नेताहरु पनि महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिका र गाउँपालिकाको पदाधिकारी चयनको मामिलामा व्यस्त भइरहंदा गठबन्धनका दुई शीर्ष नेता पुष्पकमल दाहाल र माधव नेपालका बिचमा भएको यो दोहोरीलाई बेमौसमको बाजाको रुपमा भन्दा पनि राजनीतिक दृष्टिले अर्थपूर्ण रुपमा हेरिएको छ। गठबन्धनका दुई शीर्ष नेता दाहाल र नेपालका बिचमा यो दोहोरीको परिणाम स्थानीय निर्वाचनको परिणामपछि देखिनसक्ने टिप्पणीसमेत राजनीतिक क्षेत्रले गर्न थालेको छ । साँधु साप्ताहिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

संसदीय छानबिन समितिको कार्यादेशमा कसरत

७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार