सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धर्मेन्द्र र सुदर्शनले के फरक मत राखेका थिए, जसले पार्टी फुटको संघारमा पुग्यो ?

२०७९ बैसाख १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गत ३ चैतदेखि १३ सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको १२औं केन्द्रीय समितिको बैठक बस्यो । बैठकले महासचिव ‘विप्लव’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गर्‍यो ।

महासचिव ‘विप्लव’ ले स्थानीय तह निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव अस्वीकृत गरियो । बैठकले चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित गरेको थियो ।

बहुमत सचिवालय सदस्यहरूले भने संसदीय व्यवस्था मान्न नहुने र चुनावमा कुनै पनि हालतमा सहभागी हुन नसकिने अडान राखेका थिए । त्यसमा थिए- सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, हेमन्तप्रकाश वली ‘सुदर्शन’ ।

उनीहरूले बैठकमै फरक मत राखेका थिए । केन्द्रीय सचिवालयका पाँच नेतामध्ये कञ्चन र सुदर्शनसँगै केन्द्रीय समितिका बहुमत सदस्यले चुनाव लड्ने कदमको विरोध जनाएका थिए । ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जना केन्द्रीय सदस्यहरू महासचिव विप्लवको चुनावमा सहभागी हुने प्रस्तावको विपक्षमा उभिएका थिए ।

विप्लवको उक्त प्रस्तावमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ले समर्थन जनाए । पार्टीभित्र नै अल्पमतमा परेपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूमाथि कारबाहीको तयारी थाल्यो ।

चुनाव नलड्ने नीति विपरीत प्रकाण्डले आफ्नै जिल्ला कालिकोट पुगेर आफ्नै भाइ बुहारी कलशा विकलाई उम्मेदवार बनाए । नरहरिनाथ गाउँपालिकाको अध्यक्षका लागि पार्टीका केन्द्रीय सदस्य एटम बिसीलाई उम्मेदवार बनाए । यस्तै रास्कोट नगरपालिकामा केन्द्रीय सदस्य धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकलाई उम्मेदवारी दर्ता गराउन लगाए ।

प्रकाण्डले आफ्नो प्रस्ताव असफल भएपछि असन्तुष्ट बनेका प्रकाण्डले विप्लवलाई पेलेरै भए पनि आफ्ना केही मान्छेलाई चुनावमा भाग लिने वातावरण बनाए । पार्टीको तर्फबाट धमाधम उम्मेदवारी पर्न थालेपछि सचिवालय सदस्य कञ्चनले १२ वैशाखमा विज्ञप्ति निकाल्दै विरोध जनाए । सचिवालय सदस्यको हैसियतमा कञ्चनले निकालेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

व्यक्तिगत रूपमा विज्ञप्ति जारी गरे पनि उनले समग्र सचिवालयको तर्फबाट भनेका थिए । उक्त विज्ञप्तिप्रति विप्लव-प्रकाण्ड समूह रूष्ट बन्यो । केही दिन अगाडि बसेको केन्द्रीय सदस्य माइला लामासहितका नेताहरूको बैठकले चुनाव लड्ने कदमको भण्डाफोर गर्ने निर्णय गरेको थियो ।

धर्मेन्द्र–सुदर्शन समूहले नेतृत्वको विरूद्धमा विभिन्न कमद चालेको थियो । यतिसम्म कि आवश्यक परेको खण्डमा विप्लव-प्रकाण्ड समूहलाई कारबाही गर्ने सम्मको तयारी थियो । यसका लागि उनीहरूले केन्द्रीय समिति बैठकमा फरक मत राख्ने नेताहरूको भेला गर्ने, सार्वजनिक अभिव्यक्ति दिने जस्ता कार्य गर्न थाले । आफूविरुद्ध भण्डाफोर अभियान चलेको चाल पाएपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूलाई कारवाही प्रक्रियाअघि बढाएको हो ।

अन्ततः विप्लव-प्रकाण्ड समूहले सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले दुवै जनालाई निष्काशन गरेको हो ।

दुवै नेताहरूले मालेमावादको सामान्य संगठनात्मक विधि एवं मान्यत एवं एकीकृत जनक्रान्तिको भावनाविपरीत बैठकका निर्णय र नेतृत्वका विरुद्ध पार्टी बाहिरका संचारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको भन्दै निष्कासन गरिएको विप्लवको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धनराजको माग- रवि लामिछानेलाई अवहेलना मुद्धामा कारवाही होस्

विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित

संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा

कांग्रेसले बोलायो संसदीय दलको बैठक

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित : कांग्रेस

विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाले जारी गर्यो ह्वीप

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित

कांग्रेस प्रदेशको भाषा, साहित्य, कला, संस्कृति विभागद्वारा बैठक आह्वान

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै