काठमाण्डौः नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’को नयाँ गीत रिलिज भएको छ। चलचित्रको ‘रिमझिम रिमझिम’बोलको गीत रिलिज गरिएको हो।
एभरेष्ट बोहोराको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको सार्वजनिक गीत प्रमोद खरेलले गाएका छन्। गीतमा चलचित्रका शिर्ष पात्र विक्रम डी जोशी र दीपिका प्रसाईंलाई प्रस्तुत गरिएको छ।
