काठमाण्डौः केही समय अगाडि फिल्म बन्ने घोषणा भएर वर्कसप समेत भएर छायांकनमा जान नसकेको फिल्म ‘सत्यम्’ निर्माण टिमले शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ ।
सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा अभिनेता राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ भने अरु कुनै पनि कलाकारलाई देखाइएको छैन ।
