काठमाण्डौं: त्रिभुवन विश्वविद्यालयले देशै भरिका स्नातकोत्तर तहको परिक्षा केन्द्र सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालय डिनको कार्यालय व्यवस्थापन संकाय परिक्षा नियन्त्रक महाशाखाद्धारा एमविएस, एमपिए, एमएचएम, एमटिटीएम, एमविए र एमविएई दोस्रो तथा चौथो सत्रमा भर्ना भएका नियमित परिक्षार्थीहरुका साथै एमविएक तथा एमपिएको हकमा २०७४ साल (सन् २०१८) मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०१८ अघि भर्ना भै चौथोसत्रको परीक्षा फाराम भरी अनुत्तिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुका लागी देशै भरमा परिक्षा केन्द्र तोकेको हो ।
त्यसैगरी फागुन २९ गते बिहानको ११:०० बजेदेखि संचालन हुने गरी २०७५ साल (सन् २०१९) मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन २०१९ अघि भर्ना भै दोस्रोसत्रको परीक्षा फाराम भरी अनुत्तिर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुको समेत नियमित परीक्षा केन्द्र तोकिएको त्रि.वि. व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ ।
आफ्नो परिक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस ।
