काठमाण्डौः ‘अवतार २’को यो भ्युजमा युट्युब र अन्य सामाजिक सञ्जालको तथ्यांक उल्लेख छैन । कतिपय मुलुकमा यसैसाता रिलिज भएको ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’सँगै ‘अवतार २’को टिजर प्रदर्शन भएको थियो ।
यसअघि रिलिजको २४ घण्टामा एफ-९ : द फास्ट सागालाई २०२.७ मिलियन, ब्ल्याक विडोलाई ११६.८ मिलियन, इन्क्रेडिबल्स २ लाई ११३.१ मिलियन र राइज अफ स्काइ वाकरलाई ११२.४ मिलियन पटक हेरिएको थियो ।
अवतार २’ नेपालमा पनि पुस १ गते रिलिज गर्ने तयारी छ । सन् २००९ मा रिलिज भएको ‘अवतार’ले विश्व बक्स अफिसमा २.८४ बिलियन डलर कमाउँदै धेरै कमाउने फिल्मको रेकर्ड राखेको थियो । सेप्टेम्बर २३ मा फिल्मको पुनः प्रदर्शन हुँदैछ ।
