सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रतिबद्धताभन्दा निकै थोरै वैदेशिक लगानी

२०७९ मंग्सिर ७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालको तीव्र विकास र आर्थिक समृद्धिका लागि लगानीको आवश्यकता छ । स्वदेशी लगानी जुटाउन हम्मेहम्मे परिरहेको बेला धेरैको आशा वैदेशिक लगानीमा रहँदै आएको छ । तर नेपालमा भित्रिने वैदेशिक लगानी सन्तोषजनक छैन । प्रतिबद्धता अनुसारकै वैदेशिक लगानी भित्रिन नसक्दा त्यसको कारण खोज्नुपर्ने देखिएको छ ।

पछिल्लो १० वर्षको सरकारी तथ्यांक हेर्दा करीब साढे ३ खर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएकोमा १ खर्ब रुपैयाँ हाराहारी मात्र भित्रिएको देखिएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष (आव) २०६८/६९ यता विभिन्न मुलुकबाट ३ खर्ब ५१ अर्ब ३३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसार आर्थिक वर्ष २०७८/७९ मा कति रकम भित्रियो भन्नेबारे तथ्यांक संकलन हुने क्रम जारी रहे पनि आर्थिक वर्ष २०७७/७८ सम्ममा १ खर्ब १४ अर्ब ८४ करोड रुपैयाँ मात्रै भित्रिएको विभागले बताएको छ ।

केही समयअघि नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा पनि आर्थिक वर्ष २०५१/५२ देखि २०७७/७८ सम्ममा ३ खर्ब ५७ अर्ब ३४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा १ खर्ब ३० अर्ब ४३ करोड रुपैयाँ मात्र नेपालमा लगानी भएको पाइएको थियो ।

नेपालमा अपेक्षित वैदेशिक लगानी आउन नसकेपछि हरेक सरकारले वैदेशिक लगानी बढाउन जोड दिँदै आएको छ । तर, वैदेशिक लगानी भित्र्याउन सरकारी स्तरबाट उपयुक्त वातावरण तयार नभएकाले समस्या हुँदै आएको विभागकै कतिपय अधिकारी बताउँछन् ।

केही समय अघिसम्म वैदेशिक लगानीको तल्लो सीमा ५ करोड रुपैयाँ तोक्नुले पनि प्रतिबद्धता अनुसार वैदेशिक लगानी आउन गाह्रो भएको कतिपयको भनाइ रहँदै आएको छ । तर केही दिनअघि वैदेशिक लगानीको तल्लो सीमा घटाएर २ करोड रुपैयाँमा झारिएको छ ।

कतिपय अर्थशास्त्रीहरू अझै पनि वैदेशिक लगानीका लागि सीमा तोक्नु ठीक नभएको तर्क गर्छन् । खासगरी सूचना र प्रविधिसँग जोडिएका उद्योग, व्यवसायमा लगानीभन्दा पनि नवीनतम सोचको आवश्यकता पर्ने भएकाले लगानीको सीमाले झन्झट मात्र सृजना गर्ने उनीहरूको तर्क रहँदै आएको छ । सरकारले भने यस्तो कुराको सम्बोधन गर्नुभन्दा विदेशी नागरिकको व्यावसायिक भिसामा कडाइ गर्ने नीति लिएको छ ।  व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिक उद्देश्य विपरीतका गतिविधिमा सामेल भएको र हुन सक्ने भन्दै सरकारले व्यावसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्न कडाइ गरिएको बताएको थियो ।आर्थिक अभियान दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै