सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

देशैभरी उम्मेदवार नहुँदा समानुपातिकमा पनि भोट घट्यो – गोपालमान श्रेष्ठ (अन्तवार्ता)

२०७९ मंग्सिर १५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पार्टीभित्रैको अन्तर्घातका कारण कतिपय नेताले हार व्यहोर्नुपर्‍यो भन्ने आवाज कांग्रेसमा उठेको छ, यो कत्तिको सत्य हो ? 

निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनेको छ । तर, पहिलो पार्टी बन्दा जति सिट फरक हुनुपथ्र्यो त्यो हुन सकेन । पार्टीभित्रबाटै असहयोग र अन्तर्घात एकदमै देखिएको छ, जसकारण हामीले अपेक्षा गरेभन्दा करिब १५ सिट जित्न सकेनौँ । आफ्नै साथीहरूको असहयोगले गुमायौँ । सरकार बनाउन पनि अब गठबन्धनबाहिरबाट तानतुन पार्नुपर्ने अवस्था बन्यो । कांग्रेसले अधिकतम रूपमा गठबन्धनमा आबद्ध अन्य दललाई सहयोग गरेको छ । अरू दलबाट कांग्रेसले पनि उत्तिकै सहयोग पाएको छ । सबै दलमा भोट ‘गिभ एन्ड टेक’ भएको छ ।

के कारणले भयो अन्तर्घात ?

०७४ मा उजुरी आएकोमा पार्टीले १४औँ महाधिवेशनअघि सबैलाई माफी दियो । कसैलाई पनि कारबाही गरेन । फलस्वरूप पार्टीमा अनुशासनको महत्व रहेन । अन्तर्घात गरेका कतिपय त पुरस्कृत हुने अवस्था पनि आयो । अन्यथा कम्तीमा पनि ७० सिट हामीले जित्ने अवस्था थियो । उम्मेदवार नहुँदा समानुपातिकमा पनि भोट घटेको छ । आफ्नो समूहको नभएको र टिकट नपाएका असन्तुष्टले यस्तो गरेको देखिन्छ ।

कांग्रेसको भोट घट्नुलाई अन्तर्घात मात्रैलाई मान्न सकिन्छ ? 

सोचेअनुसारको परिणाम नआउनुमा अन्तर्घात नै मुख्य हो । अन्तिम समयमा आएर नयाँ पार्टी पनि मैदानमा आए । किन हारियो भन्दा ‘हाम्रै साथीहरू घाम ताप्न गए’ भन्ने जवाफ पनि आएका छन् । निर्वाचन परिणाम सँगसँगै साथीहरूले प्रतिवेदन तयार गर्दै हुनुहुन्छ । निर्वाचन समितिले सातै प्रदेशबाट रिपोर्ट मगाएको छ । प्रदेश १ मा हामीलाई धेरै घाटा देखिएको छ । धेरै साथीले हार्नुभयो । प्रदेश सभामा पनि हामीले जितिरहेका स्थानमा हार व्यहोर्नुपर्‍यो ।

हामीले जित्दै आएको सुनसरीका तीनमध्ये दुई स्थान हारिसकेका छौँ । रूपन्देहीमा पनि त्यस्तै भयो । यस्तै–यस्तै ठाउँको प्रारम्भिक मूल्यांकन गरेका छौँ । कारण ०७४ को संकटमा एक्लै जितेका क्षेत्र पनि अहिले आन्तरिक कारणले हारेका छौँ । तीन भोटदेखि हारेको अवस्था पनि छ । हारेकाले पनि हाम्रै साथीका कारण हार व्यहोर्नुपर्‍यो भन्नुभएको छ, कतिपयले तथ्य पनि दिनुभएको छ ।

अन्तर्घातमा संलग्नहरूलाई पार्टीले कारबाहीको दायरामा ल्याउँछ कि अघिल्लोपटक जस्तै माफी दिन्छ ?

जिल्लामा यसबारे अध्ययन भइरहेका छन् । प्रतिवेदन मगाएका छौँ । आएपछि अनुशासन समितिमार्फत कारबाही गर्छौँ । कारबाही हुन्छ । नयाँपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल