काठमाण्डाैंः २०७६ , फागुन ०८ गते अस्थायी प्रहरी पोष्ट, इनर्वागाउँमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङ र प्रहरी हवल्दार विष्णु दयाल चौधरीले घुस/रिसवत लिएको भन्ने सूचना/उजुरीउपर अनुसन्धान हुँदा कसुर गरेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले देहायबमोजिम सजाय गरी पाउन अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले मागदाबी लिएर मुद्दा दायर गरेकाे छ ।
अख्तियारका अनुसार, (क) अस्थाई प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, बीरगञ्ज, पर्साका प्रहरी जवान अवधेश रायले प्रहरी जवान राज कुमार गुरुङसँग मिलेर अपरिचित हुण्डी कारोवारीले साथमा लिई आएको अवैध रु.२०,००,०००।- (बीस लाख) बाट रु.१,२५,०००।- (एक लाख पच्चीस हजार) लागू औषध नियन्त्रण व्यूरो, वीरगञ्ज शाखाका प्रहरी जवान अवधेश रायलाई, रु.१,१०,०००।- (एक लाख दश हजार) अस्थाई प्रहरी पोष्ट, इनर्वागाउँ, वीरगञ्ज, पर्साका प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई, रु.६५,०००।- (पैसठ्ठी हजार) अन्य सहयोगीहरुलाई दिनको लागि प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई र बाँकी रु.४,००,०००।- (चार लाख) निज प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङले आफैसँग राखेको हुँदा निजहरु मिलेर जम्मा रु.७,००,०००।- (रुपैयाँ सात लाख) घुस/रिसवतबापत लिएको ठहर भएकाे छ ।
अख्तियारकाे अनुसन्धानमा सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र प्रहरी जवान अवधेश रायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस/रिसवतबापत लिएको रकम रु.७,००,०००।- (सात लाख) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी पाउन र अनुसन्धानको क्रममा यी आरोपीहरुबाट बरामद भई आएको रु.६,३५,०००।- (छ लाख पैतीस हजार) र नपुग रकम रु.६५,०००।- (पैसठ्ठी हजार) समेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम यी आरोपीहरुबाटै असुल गरी जफत हुन मागदाबी लिएर मुद्दा भएकाे छ ।
(ख.) जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी जवान राज कुमार गुरुङले प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङ, प्रहरी हवल्दार बिष्णु दयाल चौधरी र प्रहरी जवान अवधेश रायसँग मिलेर अपरिचित हुण्डी कारोवारीले साथमा लिई आएको अवैध रु.२०,००,०००।- (बीस लाख) बाट रु.१,२५,०००।- (एक लाख पच्चीस हजार) प्रहरी जवान अवधेश रायलाई, रु.४,००,०००।- (चार लाख) प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङलाई, रु.१,१०,०००।- ( एक लाख दश हजार) प्रहरी हवल्दार बिष्णु दयाल चौधरीलाई, रु.६५,०००।- (पैसठ्ठी हजार) अन्य सहयोगीहरुलाई दिनको लागि प्रहरी हवल्दार बिष्णु दयाल चौधरीसमेतलाई रकम उपलब्ध गराउने लगायत घुस/रिसवत लिने कार्यमा सुराकी परिचालन गरी मतियारको कसुर गरेको पाइएकोले प्रहरी जवान राज कुमार गुरुङले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियार हुने कसुर गरेको देखिंदा निज राज कुमार गुरुङलाई सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा रु.७,००,०००।- (सात लाख) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिइएको अख्तियारले दायर गरेकाे मुद्दामा उल्लेख गरिएकाे छ ।
(ग.) कावासोती नगरपालिका वडा नं.-५ बस्ने सोनाम तामाङले वयानका क्रममा प्रहरी सहायक निरीक्षक पूर्ण बहादुर तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरी उक्त कसुरको मतियार भएको देखिंदा निज सोनाम तामाङले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कसुरदारलाई हुने सजायको आधा सजाय गरी पाउन मागदाबी लिई २०७७ असार ११ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । साँधु
