सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नारी दिवसको अवसर पारेर केकीले सार्वजनिक गरिन् ‘बोक्सीको घर’को टिजर

२०८० फागुण २५, शुक्रबार

काठमाण्डौः केकी अधिकारीले निर्माण गरेको पहिलो फिल्म ‘बोक्सीको घर’को टिजर भिडियो सार्वजनिक भएको छ । नारी दिवस तथा महाशिवरात्रिको अवसर पारेर टिजर सार्वजनिक भएको हो ।

टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । शीर्ष भूमिकामा केकीले अभिनय गरेकी छन् । टिजरमा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने अन्याय र उत्पीडनलाई दर्शाइएको छ ।

पति र समाजले बोक्सी आरोप लगाएपछि महिला कसरी पीडित हुन्छिन् र यसबाट मुक्त हुन उनले गरेको संघर्षको कथावस्तु यसमा समेटिएको छ । नारी दिवसको सन्दर्भमा यो फिल्मले दिने सन्देश महत्वपूर्ण हुन आउँछ ।

आठ वर्षअघि मञ्चन भएको सोही नामको चर्चित नाटकमाथि फिल्म बनेको हो । यो सोसल-ड्रामा फिल्मले नेपाली समाजको कुप्रथा र त्यसविरुद्ध हुने संघर्षलाई चित्रण गर्ने अधिकारीले बताइन् । उनको होम प्रोडक्सन केकी अधिकारी फिल्म्सले फिल्म निर्माण गरेको हो ।

फिल्मलाई नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शन गर्ने तयारी छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा निर्माताका रुपमा केकीका बुवा तथा निर्देशक बद्री अधिकारी छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् ।

फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन र लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टिफक कम्पनीले यो फिल्मलार्ई रिलिज गर्दैछ ।

यो फिल्म वैशाख १४ गते रिलिज हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]