सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्तो छ ‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’

२०८० चैत्र १, बिहिबार

काठमाण्डौः गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म हो ‘रङ्गेली’ ।

सफलताका साथ प्रदर्शनरत फिल्मको नयाँ गीत ‘फूल ओइलिएर’ सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्म रिलिज भएको एकसाता पछि गीत युट्युबमा रिलिज गरेको हो ।

सुशान्त गौतमको स्वर तथा सङ्गीत रहेको गीतमा फिल्मका निर्देशक अर्जुन सुवेदीकै शब्द छ । गीतमा अभिनेता दयाहाङ र अभिनेत्री मिरुना देखिएका छन् । फिल्मले पनि प्रदर्शन समयदेखि नै दर्शकको राम्रो साथ पाइरहेको निर्माण युनिटको दाबी छ । दर्शकबाट फिल्म लामो समयको प्रतिक्रियापछि २१ मिनेट घटाइएको फिल्मको विदेशमा समेत माग हुँदै आएको बताइन्छ ।

अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो फिल्ममा फरक भूमिकामा देखिएका छन् । फिल्ममा अभिनेता आर्यन सिग्देलको समेत अभिनय छ । नेपाल रिलिजपछि फिल्म अमेरिका, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा रिलिज हुने पक्का भएको छ । अस्ट्रेलिया, युरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग कुराकानी भइरेहको निर्देशक सुवेदीले बताए ।

फिल्ममा दयाहाङ राई र मिरुना मगरको अलावा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]