सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

२०८० चैत्र २०, मंगलबार

काठमाण्डौः अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्बजनिक गरिएको हो ।  फिल्ममा सौगातले ड्राइभरको भूमिका निभाएका छन् भने विपिनले पूर्वआर्मीको भूमिका रहेको बुझ्न सकिन्छ ।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रविन खतिवडाको पनि मुख्य भूमिका छ । फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको फिल्मको सह-निर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन् । निर्माता पोखरेलले यसअघि ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ निर्माण गरेका थिए ।

जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मले विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । नयाँ वर्षको अवसर पारेर ‘डिग्री माइला’सँग भिडन्त गर्ने गरि चैत ३० गतेबाट प्रदर्शन गरिदै छ ।

ट्रेलरको लिंक:

https://www.youtube.com/watch?v=BC4-OANlS4Q 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)