सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सलमान खानको ‘सिकिन्दर’को सुटिङ मेबाट सुरू हुने, तर बिचमा ब्रेक हुने

२०८१ बैसाख ८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लामो समयपछि सलमान खानले आफ्नो अर्को फिल्म सिकन्दरको घोषणा गरेका छन् ।

जसलाई एआर मुरुगादासले निर्देशन गर्ने भएका छन् । अब साजिद नाडियाडवालाले निर्माण गरेको यो फिल्मको सुटिङको बारेमा एउटा अपडेट आएको छ । सलमानले आगामी मे महिनाबाट ‘सिकन्दर’ को सुटिङ सुरु गर्ने बताइएको छ । तर यसमा एक नयाँ कुरा छ।

मिड डे रिपोर्टका अनुसार सलमान खानको फिल्म ‘सिकन्दर’को सुटिङ लगातार हुने छैन । यसको कारण हुन, एआर मारुगादास। समाचार अनुसार ‘सिकन्दर’ सुरु गरेपछि मुरुगादासले बीचमा छिटो ब्रेक लिने छन् । ‘सिकन्दर’ बाहेक उनले आफ्नो आगामी फिल्ममा पनि काम गर्ने छन् । यो उनको तमिल भाषाको फिल्म हो, जुन उनले शिव कार्तिकेयनसँग बनाउन लागेका हुन् । जसलाई उनले यही जुलाईमा पूरा गर्नु पर्नेछ ।

त्यसैले मुरुगादासले मेमा ‘सिकन्दर’को सुटिङ गर्नेछन् । पहिलो तालिका पूरा हुनेछ। यसपछि उनले शिवकार्तिकेयनसँग अर्को फिल्ममा काम गर्नेछन् । जसको अस्थायी शीर्षक एसके २३ भनिन्छ। त्यसपछि जुनमा सम्पन्न गरेपछि मुरुगादासले जुलाई देखि फेरि ‘सिकन्दर’को काम सुरु गर्नेछन् । ‘सिकन्दर’को छायांकन भारत र युरोपमा ठूलो मात्रामा हुने भएको छ ।

सलमान खानको यो फिल्म पनि खास छ किनकी सलमानले धेरै सोचेर यो फिल्ममा काम गर्ने निर्णय गरेका हुन् । उनका पछिल्ला केही चलचित्रले टिकट विन्डोमा सोचे अनुसार कमाउन सकेका छैनन् । सलमानको पछिल्लो ब्लकबस्टर फिल्म ‘टाइगर जिन्दा है’ थियो । त्यसयता उनी टिकट विन्डोमा संघर्ष गरिरहेका छन् । ‘टाइगर ३’लाई पक्कै हिट फिल्मको रुपमा हेरिएको थियो । तर यस्तो हुन सकेको छैन ।

अब ‘सिकन्दर’ बाट सलमानले बक्स अफिसमा फेरि प्रभुत्व जमाउने अपेक्षा गरिएको छ । यो फिल्मको बजेट ४ सय करोड भारु रहेको बताइएको छ । मुरुगादास लामो समयदेखि सलमानसँग काम गर्न चाहन्थे । त्यो अहिले मात्र आएर सम्भव भएको हो । साजिद नाडियाडवालाले यसलाई आफ्नो प्रोडक्सनको सबैभन्दा ठूलो र महत्वाकांक्षी फिल्मको रुपमा निर्माण गरिरहेका छन् । यसलाई एक्शन थ्रिलर फिल्मको रुपमा व्याख्या गरिएको छ ।

साजिद र टिम सन् २०२४ को अन्त्यसम्म फिल्मको छायांकन पूरा गर्न चाहन्छन् । जसले गर्दा उनीहरूले पोस्ट प्रोडक्सनको लागि ३–४ महिना समय पाउँछन्। ‘सिकन्दर’ सन् २०२५ को इदमा हलमा रिलिज गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- नसिरुद्दीन शाह

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा

महाजात्राले मनायो ५१ दिन

‘शोले’को रेकर्डलाई तोड्ने भारतको पहिलो फिल्म

सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

आठौँ सातामा ‘महाजात्रा’: शनिवार ५१ औँ दिन मनाउँदै

अभिभावक बन्दै जस्टिन र हेली

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

तनहुँमा चलचित्र निर्माण कार्यशाला

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?