सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

२०८१ बैसाख १०, सोमबार

काठमाण्डौः गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ ।

कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड राखेको यो फिल्मको ट्रेलरले दुई दिनमै २२ लाख (२ मिलियन) बढि पटक हेरिएको किर्तिमान पनि राखेको छ ।

ट्रेलरलाई हालसम्म युट्यूवमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन् । झण्डै सय प्रतिशतको आसपासमा सकारात्मक प्रतिक्रिया पाएको ट्रेलरले अनमोलको स्टारडम र नेपाली फिल्मको ‘हिरोइज्म’ लाई कायम राख्न सफल देखिन्छ । अधिकांश प्रतिक्रियामा दर्शकले अनमोल लभर ब्वाईको रूपमा ब्याक भएकोमा स्वागत गरेका छन् भने उनको नयाँ फिल्म छिटो हेर्न आतूर रहेको प्रतिक्रिया उत्तिकै व्यक्त छन् । ट्रेलरमा जोडिएको अनमोल र अभिनेत्री जसीता गुरुङको प्रेम प्रसंग र नेपाली फिल्ममा पहिलोपटक देखाउन खोजिएको ‘टाइम लूप’लाई दर्शकले व्यग्र प्रतिक्षा गरेको संकेत ट्रेलरमा प्राप्त प्रतिक्रियाबाट बुझिन्छ ।

निर्माता रोहित अधिकारीले फिल्मप्रति ट्रेलर हेरेर नै दर्शकले देखाएको चासो र व्यक्त गरेको प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको बताए । युवापुस्तामा सर्वाधिक लोकप्रिय रहेका अभिनेता अनमोलले दर्शकले मन पराउने कथा रहेकैले र लगातार गरिरहेका फिल्म भन्दा केहि भिन्न प्रकारको कथा रहेकोले ‘फर्की फर्की आफ्नो लागि विशेष रहेको बताए ।

यसैबीच फिल्मको ट्रेलरले प्राप्त साथ र प्रतिक्रियाले फिल्मको वैदेशिक प्रदर्शनमा उछाल आएको छ । निर्माता अधिकारीले ट्रेलर रिलिजपछि नेपालीहरू बसोबास गर्दै आएका दर्जन बढि देशहरूबाट फिल्मको माग आएको बताए । केहि देशहरूमा फिल्मको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको र धेरैमा कुरा अघि बढिसकेको बताउँदै रिलिज पहिले नै फिल्मले ७५ प्रतिशत लगानि सुरक्षित गर्ने बाटोमा गएको अधिकारीले बताए ।

फिल्मको आधिकारिक सामाजिक सञ्जालबाट विदेश प्रदर्शन अधिकारको अपडेट सार्वजनिक गर्दै जाने उनले बताए । वैदेशिक प्रदर्शन अधिकार, डिजिटल अधिकार र फिल्मसँग जोडिएका ब्राण्डबाट प्राप्त रेभिन्यूले फिल्म रिलिज सँगसँगै नाफाको बाटोमा जान लागेको उनको दाबी छ ।

सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भुमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुबैको लागि यो फिल्म डेब्यू रहनेछ । रोहित अधिकारी फिल्मस्ुले ओएसआर डिजिटलको सहकार्यमा फिल्म निर्माण गरेको हो । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । निर्देशक गुरुङकै कथा तथा पटकथा रहेको फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस् ले प्रदर्शन अधिकार खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)