सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८१ शुक्रबार
May 10, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रचण्ड र ओलीको एउटै स्वर- तत्काल कम्युनिष्ट एकता हुदैन !

२०८१ बैसाख १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताए ।

उनले भने- अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ ।अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।’

त्यस्तै एमाले अध्यक्ष ओलीले पनि यसअघि भएको एकता बिभाजन हुदा ठुलो क्षति भएको र त्यो हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले अहिले सरकार संचालनमा सहकार्य भएको स्पष्ट गर्दै पार्टी एकता तत्काल नहुने समेत स्पष्ट गरेका छन् ।

उनले अहिले बामपन्थी मात्र मिलेर हिड्ने अवस्था नभएको भन्दै देशभक्त शक्तिहरु मिलेर राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरु मिलेर अगाडी बढ्नुपर्ने समय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवसका लागि प्रधानमन्त्रीलाई निम्तो, विभिन्न देशका राजदूत पनि सहभागी हुने

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज

कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

संविधान कार्यान्वयनमा एकजुट हुन आवश्यकः सञ्चामन्त्री शर्मा

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते