सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्पाइडर म्यानको चौथो सिरिज आउदै

२०८१ बैसाख ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हलिवुड अभिनेता टम हल्याण्ड चौथो पटक स्पाइडर म्यान बन्ने भएका छन् ।

हालै, पुरानो स्कटल्याण्ड शहर सेन्ट एन्ड्रयूजमा आयोजित‘स्यान्ड्स इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भाग लिएका अभिनेता हल्याण्डले आफु चौथो पटक स्पाइडर म्यान बन्न लागेको बताएका हुन् ।

उनलाई आगामी ‘स्पाइडर म्यान’ मा देखिने बारे प्रश्न सोधिएको थियो । यस प्रश्नको जवाफमा टम भन्छन्, ‘स्पाइडर म्यान’ को चौथो किस्ताको हिस्सा बन्न लागेको खबर तपाईसँग साझा गर्न पाउँदा म निकै खुसी छु ।

आफ्नो जीवन र करियरको श्रेय ‘स्पाइडर म्यान’ लाई दिदै हल्याण्डले भने, ‘आज म जे छु ‘स्पाइडर म्यान’ को कारणले हो । मैले जति नाम र ख्याति पाएको छु, यही चरित्रकै कारण हो । यो पहिलो पटक फिल्मको प्रारम्भिक प्रक्रियामा भाग लिएको छु र म धेरै रमाइलो गरिरहेको छु । यो अवधिमा मैले पनि धेरै कुरा सिक्ने मौका पाएँ । जे होस्, सबैले मलाई यो फिल्मको हिस्सा बनाउन चाहन्थे र म पनि त्यही चाहन्थे। दर्शकलाई निराश नगर्ने प्रयास गर्नेछौं ।’

फिल्म ‘स्पाइडर–म्यान: नो वे होम’ ‘स्पाइडर–म्यान’ सिरिजको तेस्रो फिल्म थियो । जुन सन् २०२१ मा सिनेमाघरमा रिलिज भएको थियो । यस फिल्ममा अभिनेत्री जेन्डायासँग टम हल्याण्ड देखिएका थिए । मिडिया रिपोर्टका अनुसार, ‘स्पाइडर म्यान: नो वे होम’ ले आफ्नो पहिलो सप्ताहन्तमा २६० मिलियन डलर कमाएको थियो ।

अब यसको चौथो सिरिज आउने भएपछि दर्शकको उत्साह बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- नसिरुद्दीन शाह

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा

महाजात्राले मनायो ५१ दिन

‘शोले’को रेकर्डलाई तोड्ने भारतको पहिलो फिल्म

सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

आठौँ सातामा ‘महाजात्रा’: शनिवार ५१ औँ दिन मनाउँदै

अभिभावक बन्दै जस्टिन र हेली

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

तनहुँमा चलचित्र निर्माण कार्यशाला

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?