सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कनेक्ट आईपीएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

२०८१ बैसाख ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कनेक्ट आईपीएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ । यो अफरअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्नेछन् ।

यो अफर कनेक्ट आईपीएस बाट ३१ बैशाखसम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुने कनेक्ट आईपीएसले जनाएको छ । अफरको अन्त्यपछि कनेक्ट आईपीएसको आधिकारिक वेबसाइटमा विजेताको घोषणा गरिने बताइएको छ । भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्ति रकम जम्मा गरिने पनि कनेक्ट आईपीएसले जानकारी दिएको छ ।

अभिभावक तथा विद्यार्थीलाई कनेक्ट आईपीएसमार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुन्छ । कनेक्ट आईपीएसबाट ७ सयभन्दा बढी स्कुलहरूको भुक्तानी गर्न सकिन्छ । भुक्तानीकर्ताले कनेक्ट आईपीएसको वेब वा एपमा लग इन गरी क्रेडिटर्स पेमेन्टअन्तर्गत एजुकेसनल एन्स्टिच्युसनमा  क्लिक गरी स्कुल्समा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने छ । स्कुल छनोट गरिसकेपछि मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सकिन्न् ।

साथै, शैक्षिक संस्थाहरू आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आईपीएसमा क्रेडिटरको रूपमा आबद्ध हुन सक्दछन् । यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्थासँग सम्पर्क गरी अनलाइन सेवा लिन सकिन्छ ।

कनेक्ट आईपीएस बैंकका ग्राहकहरूका लागि एकै प्लेटफर्ममार्फत एकभन्दा बढी खाता लिङ्क गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानीहरू गर्नका लागि एक सजिलो माध्यम हो । यस कम्पनीको वेबमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार २ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ । कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३९०० अर्बभन्दा बढी भुक्तानी कारोबार फर्छ्योट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

हाट बजार एपको दोस्रो संस्करण सार्वजनिक, २६ हजार पुगे प्रयोगकर्ता

विश्वमा साइवर अपराधको बिगबिगी

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु