सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसँैंको अवसरमा रु ४० लाख भेटी सङ्कलन भएको छ । कालिका मन्दिरमा बडादसँैं र चैते दसँैंमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसँैं (नवरात्री)को अवसरमा रु ४० लाख ७२ हजार पाँच सय ५८ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

खड्काका अनुसार गत वर्षको चैते दसँैंको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक रु ११ लाख कम भेटी सङ्कलन भएको छ । गत वर्षको चैते दसँैंको अवसरमा रु ५१ लाख भेटी सङ्कलन भएको थियो । नवरात्र सुरु भएपछि चैते दसँैं अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए । उनीहरुले चढाएको भेटी, नगद सहयोग, बलि लगायतबाट उक्त रकम भेटी चढाएका छन् ।

चैते दसँैंको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दसँैंको तुलनामा रु ११ लाख कम भेटी सङ्कलन भएको खड्काको भनाइ छ । “यस पटकको चैते दसँैंमा दर्शनार्थी बढेको तर बलि घटेको पाइएको छ, बलि घट्नासाथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको सङ्ख्या क्रमशः बढ्दै आएको हामीले पाएका छौँ, चैते दसँैंमा पाँच लाख भन्दा बढी धार्मिक पर्यटक मन्दिरमा आएका छन्”, खड्काले भन्नुभयो “चैते दसँैंको नवरात्र अवधिभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी (चैते दसँैं)को दिनमा रु नौ लाख १८ हजार भेटी सङ्कलन भएको छ ।”

मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जेठ १ गते मंगलबारको वैदिक राशिफलः तपाईको दिन सुभ रहोस् ।

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको तपाँईको दैनिक राशिफल

बागलुङस्थित महादेव मन्दिरको स्वरूप फेरिँदै

रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू

‘योग अमूर्त सम्पदा हो, यसलाई परिष्कृत गर्दै लैजानुपर्छ’

आज २०८१ साल वैशाख २९ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

चतराधाममा पूर्ण महाकुम्भ समापनः चालिस लाख भक्तद्वारा स्नान, दर्शन

पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन : मन्त्री तामाङ

केदरानाथ मन्दिरको द्वार आजबाट भक्तजनका लागि खुला

आज अक्षय तृतीया मनाइँदै