सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो ।

मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६३ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ४६ रन बनाएका थिए । त्यस्तै सूर्यकुमार यादवले २६ र इशान किसनले २० रन बनाएका थिए ।  यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २५७ रन बनाएको थियो ।

दिल्लीका लागि जेक फ्राजर म्याकग्रुकले सर्बाधिक २७ बलमा ८४ रन बनाएका थिए । त्यस्तै ट्रिसन स्टब्सले २५ बलमा ४८, अविशेक पोरेलले ३६, शाइ होपले ४१ र कप्तान ऋषव पन्तले २९ रन बनाएका थिए ।

यो जितपछि दिल्ली क्यापिटल्सको १० खेलमा ५ जित र ५ हारसहित १० अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी मुम्बईको भने यो छैटौं हार हो ।  ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर मुम्बई नवौं स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

नेदरल्याण्डसको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

बर्षाले खेल रद्ध भएसँगै गुजरात प्लेअफबाट बाहिरियो

आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै

हाफ म्याराथन प्रतियोगिता : पुरुषतर्फ आर्मीका राई र महिलातर्फ प्रहरीका बुढालाई उपाधि

पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलका फाइनल खेल आज

आइपिएलमा आज दुई खेल हुदै