सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैसाख १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन टिमलाई बर्खास्त गरेको छ । कम्पनीले यो निर्णय सस्तो कर्मचारी भर्ना गर्न र आफ्नो लागत घटाउन गरेको फ्री प्रेस जर्नलको रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार गुगलले लागत कटौतीका लागि अमेरिका बाहिरबाट सस्तो कर्मचारी भर्ना गर्ने योजना बनाएको छ। पाइथन एक उच्च परिष्कृत, सामान्य उद्देश्य प्रोग्रामिङ भाषा हो । यो गुगल टोलीमा करिब १० जनाले काम गरिरहेका थिए ।

रिपोर्टमा गुगलले जर्मनीको म्युनिखमा स्क्र्याचबाट नयाँ टोली सिर्जना गरिरहेको बताएको छ । यसअघि यस टोलीका १० जनाभन्दा कम व्यक्तिले पाइथनको सम्पूर्ण इकोसिस्टम चलाउँदै आएका थिए । गुगलको यो टोली पाइथनको स्थिर संस्करणलाई कायम राख्न, हजारौं तेस्रो पक्ष प्याकेजहरू अद्यावधिक गर्न र टाइपचेकर विकास गर्नमा संलग्न थियो ।

हालै गुगलले २८ कर्मचारीलाई निकालेको थियो । यी सबै कर्मचारीहरूले इजरायली सरकार र सेनालाई क्लाउड सेवाहरू उपलब्ध गराउने परियोजनाको विरोध गरिरहेका थिए । यसपछि कम्पनीका सीईओ सुन्दर पिचाईले आफ्नो एक ब्लग पोस्टमा कर्मचारीहरूलाई कार्यस्थलबाट राजनीतिलाई टाढा राख्न आग्रह गरेका थिए । त्यसमा उनले कर्मचारीलाई कार्यालयमा आएर आफ्नो काम गर्न र राजनीतिमा नलाग्न आदेश दिएका छन् ।

गुगलले २०२३ को सुरुमा १२ हजार कर्मचारीलाई निकालेको थियो । यस बर्खास्तीको बारेमा सीईओ सुन्दर पिचाईले कुनै पनि संस्थाको लागि चुनौतीपूर्ण समय भएको र विगत २५ वर्षमा हामीले कहिल्यै पनि यस्तो टर्निङ प्वाइन्टको सामना नगरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

हाट बजार एपको दोस्रो संस्करण सार्वजनिक, २६ हजार पुगे प्रयोगकर्ता

विश्वमा साइवर अपराधको बिगबिगी

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु