सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मनिषा कोइरालाको हिरामण्डी आज रिलिज हुदैँ, लस एन्जलसमा राखियो प्रिमियम शो

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यतिबेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात मे १ मा नेटफ्लिक्समा रिलिज हुदैँछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् ।

यसैबीच लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ वलिउड स्टारहरुको जमघट आयोजना गरिएको थियो ।लस एन्जलसको इजिप्शियन थिएटरमा प्रिमियर भएको ‘हिरामान्डी’ पहिलो भारतीय शृङ्खला बनेको छ। यस क्रममा फिल्ममेकर सञ्जय लीला भन्साली शर्मीन सहगलसँग पोज दिँदै गरेको देखिएको थियो ।

स्क्रिनिङमा अभिनेत्री तथा प्रभावकार लिली सिंह पनि पुगेकी थिइन् । यस क्रममा उनी देसी ट्विस्ट भएको ब्लेजर बोकेकी थिइन् । यस अवधिमा क्यानडेली र्‍यापर, गायक तथा गीतकार तेशरको पनि उपस्थिति थियो । प्रिमियरमा उनी शाही शैलीमा देखा परेका थिए ।

हीरामण्डीमा गणिकाको भूमिका निभाएकी नायिका शर्मीन सहगल पनि लेहेंगा चोलीमा देखिएकी थिइन् । यो लुक्समा उनी निकै क्यूट देखिएकी छिन् ।

‘हिरामाण्डी’ निर्देशक सञ्जय लीला भन्साली पनि लस एन्जलसमा आफ्नो सिरिजको स्क्रिनिङमा देखिएका थिए । सो स्क्रिनिङको क्रममा सञ्जय लीला भन्सालीले पनि नेटफ्लिक्स टिमसँग पोज दिएका थिए ।

यस सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, मनिषा कोइराला, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल लगायतका कलाकारहरुको अभिनय देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय सिनेमाभन्दा कोरियन फिल्म सय गुणा राम्रो- नसिरुद्दीन शाह

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा

महाजात्राले मनायो ५१ दिन

‘शोले’को रेकर्डलाई तोड्ने भारतको पहिलो फिल्म

सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

आठौँ सातामा ‘महाजात्रा’: शनिवार ५१ औँ दिन मनाउँदै

अभिभावक बन्दै जस्टिन र हेली

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

तनहुँमा चलचित्र निर्माण कार्यशाला

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?