सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समाचार हटाउने अदालतको आदेशमा प्रेस युनियनको आपत्ति

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल प्रेस युनियनले न्यायलयमाथी प्रश्न उठाएको भन्दै सर्वोच्च अदालतले सञ्चारमाध्यमा सार्वजनिक समाचार हटाउन दिएको आदेशप्रति आपत्ति जनाएको छ।

केहि दिन अगाडी सिधाकुरा नामक अनलाईन र युटुव सञ्चारमाध्यमबाट न्यायलयको विकृति र घुस प्रकरणको अडियो सार्वजनिक भएपछी अदालतले हिजो उक्त समाचार सामाग्री हटाउन आदेश दिएको थियो।

अदालतको उक्त आदेशप्रति आपक्ति जनाउँदै युनियनका अध्यक्ष शिव लम्सालले अदालतले नै प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै आपत्ति जनाउनु भएको हो।

अदालतले मेरो अस्थित्वमाथि प्रश्न उठाईस भने तेरो अस्तित्व सक्काइदिन्छु भन्ने सोचमा यस्तो आदेश दिएकोले यो कदापी स्वीकार्य नहुने अध्यक्ष लम्सालले चेतावनी दिनुभयो।

अध्यक्ष लम्सालले उल्लेख गर्नुभएको छ, ‘स्वतन्त्र न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको प्राण !

यी दुबैको सहअस्तित्व र विश्वसनीयतामा नै लोकतन्त्र सबल र सुदृढ़ हुनसक्दछ ।

मेरो अस्थित्वमाथि प्रश्न उठाईस भने तेरो अस्तित्व सक्काइदिन्छु भन्ने सोचमा सम्मानित अदालतले प्रेसको स्वतन्त्रता कुण्ठित गर्न मिल्छ ? यो कदापि स्वीकार्य छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

हाट बजार एपको दोस्रो संस्करण सार्वजनिक, २६ हजार पुगे प्रयोगकर्ता

विश्वमा साइवर अपराधको बिगबिगी

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु