सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वैशाख २५ गतेदेखि बजेट अधिवेशन बोलाउने सरकारको तयारी

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले वैशाख २५ गतेदेखि संघीय संसद्‌को बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वैशाख २५ या २६ गतेदेखि अधिवेशन बोलाउने तयारी रहेको जानकारी दिए । ‘वैशाख २५ या २६ गते अधिवेशन बोलाउने तयारी छ’, मन्त्री गिरीले बुधवार सञ्चारकर्मीसँगको कुराकानीमा भने ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले संसद्‌को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । भोलि बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि सिफारिश गर्ने सरकारको तयारी गरेको छ ।

जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि संसद्‌मा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्ने बजेट अधिवेशनको कार्यसूची रहन्छ । संसद्‌मा प्रिबजेट छलफल भने सम्पन्न भइसकेको छ ।

सरकारले बजेट अधिवेशनको तयारी गर्दैगर्दा कांग्रेसले सहकारीको मुद्दा संसद्‌मा चर्काउने तयारी गरेको छ।सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबीसहित कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको छ ।

कांग्रेसले संसद्‌मा विरोध चर्काएपछि सरकारले वैशाख २ गते हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ

कांग्रेसद्वारा वेल घेराउ, विश्वासको मत लिन सभामुखले प्रधानमन्त्रीलाई दिए समय

प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित

प्रतिनिधिसभा बैठक शुरु: प्रतिपक्ष दलद्वारा सदनमा अवरोध

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

राष्ट्रिय सभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची