सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन नदिन फ्रान्सका विज्ञ समूहको सुझाव

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फ्रान्सको एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएको छ ।

मोवाइल लगायतका प्राविधिक उपकरणका कारण बालबालिकाको समग्र विकासमै असर गरेको गुनासो बढेपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले गठन गर्नुभएको विज्ञहरूको समूहले बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन वा इन्टरनेटको पहुँच हुने कुनै पनि उपकरणबाट टाढा राख्न सुझाव दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

विज्ञ समूहले बुझाएको प्रतिवेदनमा बालबालिकालाई ११ वर्ष नपुगिकन साधारण मोवाइल समेत नदिन र तीन वर्ष नपुगी टेलिभिजनसहित कुनै पनि स्क्रिन नदेखाउन सुझाव दिएको छ । यस्तै प्रतिबेदनले १५ वर्ष नपुग्दासम्म कुनै पनि सामाजिक सञ्जालबाट टाढा राख्न र १८ वर्ष नपुगिकन टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट जस्ता व्यापक बजारीकरण भएका सामाजिक सञ्जाल चलाउन नदिन सुझाव दिएको छ ।

कथा सुनाउने प्रयोजनबाहेक बालबालिकालाई अडियो खेलौना समेत दिन नहुने प्रतिबेदनको सुझाव छ । राष्ट्रपति म्याक्रोँले बालबालिकाको स्क्रिन प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्न आवश्यक सुझाव दिन वैज्ञानिक र विज्ञहरूलाई आग्रह गर्नुभएको थियो । फ्रान्सले बालबालिकाको स्क्रिन समय कम गर्ने प्रयास गरिरहेको छ ।

विज्ञहरुको प्रतिवेदनमा नयाँ प्रविधि बजारमा बालबालिका वस्तु बन्दै गएको भन्दै बालबालिकालाई त्यसबाट बाहिर निकाल्नु आवश्यक रहेको उल्लेख छ । प्रतिबेदनमा बालबालिकाका आमा तथा हेरचाह गर्ने व्यक्तिले पनि फोनको प्रयोग सकेसम्म कम गर्नुपर्ने सुझाव दिइएको छ ।

बाल मनोव्रज्ञानिक, वरिष्ठ वाल चिकित्सक लगायत सहभागी टोलीको प्रतिबेदनमा स्क्रिनले बालबालिकाको आँखा, मेटाबोलिजम, बौद्धिकता, ध्यान र संज्ञानात्मक प्रक्रियालाई नकारात्मक असर गरिरहेको उल्लेख छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ग्यालेक्सी एम१५ फाइभजी लन्च गर्ने औपचारिक घोषणा

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

हाट बजार एपको दोस्रो संस्करण सार्वजनिक, २६ हजार पुगे प्रयोगकर्ता

विश्वमा साइवर अपराधको बिगबिगी

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु