सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तीन संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विभिन्न तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्दैछ । बैठकमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारवाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरू र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष दाहाल

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ

कांग्रेसद्वारा वेल घेराउ, विश्वासको मत लिन सभामुखले प्रधानमन्त्रीलाई दिए समय

प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित

प्रतिनिधिसभा बैठक शुरु: प्रतिपक्ष दलद्वारा सदनमा अवरोध

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

राष्ट्रिय सभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची